तीन कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?
२१ भाद्र २०८२, शनिबार १३:४२

काठमाडौं । नेप्सेमा यस साता तीन कमपनीको शेयर सूचीकृत भएको छ ।
यस साता तीन कम्पनीको कुल २ करोड २२ लाख ९३ हजार ७४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस साता दोर्दी खोला जलविद्युत कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद शेयर, हिमालयन बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ र ७।२५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१ को २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।












