बीमा प्राधिकरणको अध्यक्ष पदका लागि प्रा.डा. देखि राष्ट्र बैंकका संचालकसम्मको आवेदन (सूचि सहित)

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष पदका लागि प्रा.डा. देखि राष्ट्र बैंकका संचालकसम्म गरी जना १४ को आवेदन परेको छ ।
सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले गत शनिबार ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्मको समयसीमा भित्रमा १४ जनाको आवेदन परेको हो ।
नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि सिफारिस समितिको मिति २०८२र५र१३ को निर्णायानुसार दरखास्त आब्हान गरिएकोमा सात दिनको म्याद अवधिभर १४ जना आवेदकले अध्यक्ष पदको लागि आवेदन दिएका हुन् ।
प्रा.डा. दिपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, महेश्वर न्यौपानेले अध्यक्ष पदका लागि आवेदन दिएको अर्थमन्त्रालयले जनाएको छ ।
बीमा प्राधिकरणको अध्यक्ष पदमा यसअघि गत वर्ष आवेदन माग गर्दा १२ जनाको आवेदन परेको थियो ।














