आज निजामती सेवा दिवस, सरकारी काममा ढिलासुस्ती नगर्न ओलीको निर्देशन

२२ भाद्र २०८२, आईतवार ०८:११

काठमाडौं । भदौ २२ गते अर्थात आइतबार आज निजामति सेवा दिवस रहेको छ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना दिवस मनाइरहेका छन् ।

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिएको छ ।

निजामति कर्मचारीहरु भनेका देशका स्थायी सरकार हुन् । कर्मचारीहरुले उत्कृष्ट कार्यसम्पादन गरिदिएको खण्डमा देश विकासमा कायापलट हुने नागरिकहरुको धारणा रहेको छ । निजामति सेवा दिवसको अवसरमा प्रधानमन्त्री के पी शर्मा ओलीले ढिलोसुस्ती काम नगरी उत्कृष्ट काम गर्न निजामति कर्मचारीहरुलाई बधाइ दिएका छन् ।

ङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनुपर्ने बताएकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*