एभरेष्ट बैंकको सीइओमा दोहोरिए सुदेश खालिङ राई
२२ भाद्र २०८२, आईतवार १३:४४

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ राई पुनः दोहोरिएका छन् । बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनलाई पुनस् सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकको अनुसार उनको नयाँ कार्यकाल असोज ८ गतेदेखि सुरु हुने छ। उनलाई बैंकले २०७८ असोजमा सीइओ नियुक्त गरेको थियो। ४ वर्षको कार्यकाल सकिएपछि बैंकले उनलाई नै दोस्रो कार्यकालको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।













