ओरियन्टल होटलले हकप्रद निष्काशन गर्ने, वार्षिक सभा आह्वान

२३ भाद्र २०८२, सोमबार ०७:४५

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।

होटलले असोज ३१ गते, शुक्रबार, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २६६३ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर ०.२६६३ नयाँ कित्ता हकप्रद शेयर निष्काशन गर्ने, हकप्रद निष्काशनबाट प्राप्त रकम कम्पनीको परिसरको रिनोवेशन गर्नका लागि उपयोग गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक १ जना नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ होटलले असोज २ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*