श्री कालिन्चोक इन्भेष्टमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । श्री कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।
बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्टको तर्फबाट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।
जारी पूँजी ८० करोड रुपैयाँ रहेको कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडकले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएकोछ भने ७० प्रतिशतले हुने रकम हाल धितोपब बोर्डको लगानी कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धि निर्देशनहरु तथा निर्देशिकाहरुको अधिनमा रही विभिन्न पर्यटन क्षेत्र अन्तर्गत विभिन्न केवलकार कम्पनीहरुमा, विभिन्न उर्जा कम्पनीहरुमा र कृषि उत्पादन क्षेत्रहरुमा लगानी गर्दै आईरहेको छ ।












