आन्दोलनकारी र प्रहरीबीच बानेश्वरमा भिडन्तको अवस्था, संसद् भवनतिर बढ्दै जेन जी

२३ भाद्र २०८२, सोमबार १२:००

काठमाडौँ । प्रहरी र जेन जीका आन्दोलनकारीबीच बानेश्वरमा भिडन्तको अवस्था आइपुगेको छ । भ्रष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका हुन । प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्नेक्रममा ब्यारीकेड तोडेका हुन्। भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा प्रहार गरेको छ।

प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ भने उनीहरूले प्रहरीलाई कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोत्तलले प्रहार गरेका छन्। प्रदर्शनकारीहरूले सरकारविरुद्व विभिन्न नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनकारीहरू संसद् भवनतिर अघि बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*