नयाँ बानेश्वरको संसद भवनको मुल गेटमा पुगे प्रदर्शनकारी, भिषण संघर्ष नजिक !
२३ भाद्र २०८२, सोमबार १२:०५

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन भिषण उग्ररुप लिने संकेत गरेको छ । प्रदर्शनकारीहरुले प्रहरी सुरक्षाकर्मीको घेरा तोडेर निषेधित क्षेत्र नाघेर नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेटमा पुगेका छन् ।
प्रदर्शनकारीहरु संसद भवनको मूल गेटमा पुगेपछि प्रहरी सुरक्षाकर्मीहरुले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेर भिडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यद्यपि अझै संसद भवन असुरक्षित नै देखिन पुगेको छ ।
भ्रष्टाचारको विरोध, दलका नेताहरुको सम्पत्ति छानविनको माग गर्दै जेन जी पुस्ताले गरेको आन्दोलनले उग्ररुप लिएको हो । आन्दोलनकारीहरु नयाँ बानेश्वरको संसद भवनमै पुगेपछि परिस्थिति जटिल र अप्ठेरो बन्न पुगेको छ ।













