संसद भवनकै सुरक्षा गर्न सरकार असफल, नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र प्रदर्शनकारी

काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान दुई तिहाई बहुमत प्राप्त सरकारले जनताको सार्वभौम भनिएको संसद भवनकै सुरक्षा गर्न असफल भएको छ । आजको जेनजीले घोषणा गरेको आन्दोलनको क्रममा प्रहरीको घेरा तोडेर आन्दोलनकारीहरु नयाँ बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गर्न सफल भएका छन् ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडिबाट संसद भवनभित्र प्रवेश गरेका छन् । प्रहरी सुरक्षाकर्मीको घेरा तोडेर आन्दोलनकारीहरु संसद भवनभित्र प्रवेश गर्न सफल भएका हुन् । यद्यपि संसद भवनभित्र पसेर तोडफोड भने गरेका छैनन् । आन्दोलनकारीहरुले संसद भवन भित्र प्रवेश गर्ने गेट नं २ को पर्खाल भत्काई दिएका छन् ।
२०६३ साल बैशाख १५ पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक बसेर संघीय गणतन्त्र नेपालको पहिलो संसद भवनको रुपमा प्रयोग भएको नयाँ बानेश्वरस्थित संसद भवन आज जनताले सुरक्षा घेरा तोडेर भित्र प्रवेश गर्न सफल भएका छन् ।













