जेन-जी संसद भित्रै छिरेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

२३ भाद्र २०८२, सोमबार १२:३२

काठमाडौँ । काठमाडौंका कर्फ्यू आदेश जारी भएको छ ।

बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश भएको छ ।

अपरान्ह १२ः३० बजेदेखि २३ गते रातीको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*