नयाँ बानेश्वरमा प्रहरी निरन्तर चलायो गोली, ७ जना जेन-जी घाइते
२३ भाद्र २०८२, सोमबार १३:४७

काठमाडौँ । जेन जी आन्दोलनका क्रममा बानेश्वरमा प्रहरीले दर्जनभन्दा बढी गोली चलाएकाृे छ । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर ७ जना घाइते भएका हुन् ।
बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो ।
संसद भवनको कम्पाउन्डभित्रै प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भएको थियो । एक प्रदर्शनकारीले हातमा घरेलु हतियारसमेत बोकेर प्रहरीलाई लखेटेका थिए । केहीले ढुंगा र ईंटा बोकेका थिए ।













