सुरक्षाकर्मीले बल प्रयोग गरेपछि उग्र बने जेन-जी, एम्बुलेन्समा आगजनी

२३ भाद्र २०८२, सोमबार १४:५०

काठमाडौँ । जेन जी युवाहरूको प्रदर्शनका क्रममा बानेश्वरमा एक सवारी साधनमा आगजनी भएको छ । सुरक्षाकर्मीले प्रदर्शनमा बल प्रयोग गरेपछि आक्रोशित जेन जी युवाहरूले एम्बुलेन्समा आगजनी गरेका हुन् ।

आज दिउँसो १२:३० बजेदेखि कर्फ्यू लागू भए पनि प्रदर्शनकारीले त्यसको अवज्ञा गरेका छन्। घटनास्थलमा स्थिति नियन्त्रण गर्न सेना सडकमा खटाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*