जेन-जी आन्दोलन थप चर्किन थालेपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२३ भाद्र २०८२, सोमबार १४:५६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
आज राजधानीसहित देशभरि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजी समूहको विरोध प्रदर्शन भएको थियो। काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ।
सामाजिक सञ्जाल बन्द र प्रदर्शनबीच बस्न लागेको यो मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण र संवेदनशील रुपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, सरकारको यस बैठकमा आगामी कदम, सुरक्षा व्यवस्थापन र सामाजिक सञ्जाल बन्दसम्बन्धी निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ।













