नेपाल पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
२३ भाद्र २०८२, सोमबार १५:०८

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.१५ अंकले घटेर २६७५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ३२० वटा कम्पनीहरुको पाँच अर्ब २३ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । बजारमा आज नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ६८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, युनियन हाइड्रोपावरको २४ करोड नौ लाख रुपैयाँ, युनिभर्सल पावरको २३ करोड २४ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको २१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।














