जेनजी आन्दोलनमा २० जनाबढीको मृत्यु भएको आन्दोलनकारीको दावी, ट्रमा सेन्टरमै ४ जना मृत्यु

काठमाडौं । देशको राजधानी काठमाडौंको नयाँ बानेश्वरमा भएको जेन जी पुस्ताको आन्दोलनमा परेर कम्तिमा २० जना बढीको मृत्यु आन्दोलनकारीले दावी गरेका छन् ।
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन जी पुस्ताहरुले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले अन्धाधुन्ध चलाएको गोली लागेर विभिन्न स्थानमा कैयौ युवाहरुको मृत्यु भएको छ ।
काठमाडौंको सिभिल अस्पतालमा अहिले सयौं घाइतेहरुको उपचार भैरहेको छ । प्रहरीले विवरण संकलन गरीरहेको अबस्थामै राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै हालसम्म चार जना जेन जीहरुको मृत्यु भएको पुष्टि भैसकेको छ ।
काठमाडौंका अधिकांश अस्पतालहरुमा अहिले आन्दोलनमा घाइते भएका जेन जी युवाहरुको उपचार भइरहेको छ । प्राप्त सूचना अनुसार सिभिल अस्पातालमै १३० जना बढी घाइतेहरुको उपचार भैरहेको छ ।
आज दिउँसो १२ बजेदेखि उग्र रुप लिएको आन्दोलनमा मृत्यु भएका जेन जी युवाहरुको एकिन तथ्यांक अझै आउन सकेको छैन् ।
अपडेटः
प्राप्त विवरण अनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । हालसम्म कुल ९ जनाको मृत्यु भैसकेको छ ।













