१३ जना जेनजी बने शहिद
२३ भाद्र २०८२, सोमबार १५:५३

काठमाडौं । देशको राजधानी काठमाडौंको नयाँ बानेश्वरमा भएको आन्दोलनमा उपत्यकाका विभिन्न अस्पतालमा हालसम्म १३ जना जेनजी युवाहरुको मृत्यु भएको ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । विवरण अनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । प्रदर्शनकारीहरुले कम्तिमा २० जनाबढी जेनजी युवाहरुको मृत्यु भएको दावी गरेका छन् ।













