सरकारले दमन गरेपछि उग्र जेन-जीः सुन्धारामा समेत प्रदर्शन, दुई मोटरसाइकल जलाईयो
२३ भाद्र २०८२, सोमबार १८:२२

काठमाडौँ । सरकारले दमन गरेपछि उग्र बनेका जेन-जी प्रदर्शनकारीले सुन्धारामा समेत प्रदर्शन गरेका छन् । उनीहरुले सुन्धारामा दुई मोटरसाइकल जलाएका हुन् ।
आगजनीपछि सुन्धारा क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा चलाइरहेका छन् भने आसपासका व्यापारीहरूले पसल बन्द गरेका छन् । यस क्रममा न्युरोड क्षेत्र सुनसान बनेको छ ।
भ्रष्टाचार बन्द गर्नुपर्ने माग गर्दै जेन-जी पुस्ताले सुरु गरेको आन्दोलन सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमपछि अझ व्यापक बनेको हो । सुरक्षाकर्मीले बल प्रयोग गरेपछि प्रदर्शनकारी झन् आक्रोशित बनेको जनाइएको छ ।













