‘जेन-जी’ को प्रदर्शनमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु, टाउको र पेटमा निशाना

२३ भाद्र २०८२, सोमबार १८:३४

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर हालसम्म १८ जनाको मृत्यु भएको छ। उनीहरू नयाँ बानेश्वरमा भएको प्रदर्शनपछि विभिन्न अस्पतालमा उपचाररत हुँदा निधन भएका हुन्।

प्रदर्शनको सुरक्षामा खटिएका नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीका ९ जना घाइते भएका छन्।

ट्रमा सेन्टरमा उपचारको क्रममा सात जनाको मृत्यु भएको छ। उनीहरूमध्ये चार जनाको पहिचान गरिएको छ। मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन्।

श्रेष्ठ र चौलागाईंको टाउकोमा गोली लागेको छ भने पवन शाहीको पेटमा चोट लागेको थियो।

सिभिल अस्पतालमा तीन, त्रिवि शिक्षण अस्पतालमा एक र सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको छ।

यससँगै प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ र घाइतेहरूको उपचार जारी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*