जेनजीको पक्षमा क्यानाडामा नेपालीहरुले गरे शोक सभा, विश्वभर प्रदर्शनको तयारी

२४ भाद्र २०८२, मंगलवार ०६:३०

काठमाडौं । सरकारले निशस्त्र युवा पुस्तामाथि गरेको क्रूर बर्बर दमनको विरुद्धमा तथा जेनजी पुस्ताले अघि बढाएको आन्दोलनको पक्षमा क्यानामा रहेका नेपालीहरुले शोक सभा आयोजना गरेका छन् ।

केहीबेर अघि एनआरएनए क्यानाडाको आयोजनामा शोक सभा सम्पन्न गरिएको हो । शोकसभामा दीप प्रज्वलन गरेर शहिद भएका युवाहरुको आत्माको चीर शान्तिको कामना गरिएको छ ।

यसैबीच नेपालमा कांग्रेस एमालेको गठबन्धन शासकले मच्चाएको हत्याकाण्डको विरोधमा अमेरिका, बेलायत, युरोप, अष्ट्रेलिया सहितका देशहरुमा प्रदर्शनको तयारी भइरहेको सूचनाहरु प्राप्त भइरहेका छन् । अमेरिकामा रहेका पत्रकार टंक दाहालले ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरु तथा घटनामा दोषी नेपाल प्रहरीका आईजिपी, सिडिओ सहितका व्यक्तिहरुका विरुद्धमा अमेरिकामा केस दर्ता गर्ने घोषणा गरेका छन् ।

स्वदेशभित्र घृणित राज्यसत्ताका विरुद्धमा विश्वभरबाट आवाज उठ्ने भएपछि तनावमा परेका प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनका अर्का नेता शेर बहादुर देउवाले हिजो मध्यराति अबेरसम्म छलफल गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*