जनहत्या विरुद्ध कलंकीबाट प्रदर्शन सुरु, देशव्यापी रुपमा अघि बढ्दै जेनजी आन्दोलन

काठमाडौं । सरकारले शक्ति र सत्ताको बलमा नेपाली जेनजी युवाहरुको हत्याको विरुद्ध कलंकीबाट टायर बालेर विरोध सुरु भैसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार दिउँसो नयाँ बानेश्वरमा प्रदर्शन गरीरहेका १९ जना जेनजी युवाहरुको निर्मम हत्या गरेको छ । शान्त पूर्ण तरिकाले विरोध प्रदर्शनमा आएका सयौं विद्यार्थीहरुमाथी अन्दाधुन्द गोलीको वर्षा गरेको थियो ।
राजनीतिक नेतृत्वहरुको गरेको भ्रष्टाचार र सरकारले समाजिक सञ्जालमाथी लगाएको प्रतिबन्धको विरोधमा गरेको प्रदर्शनमा सरकारले सयौं युवाहरुलाई घाइते बनाएको छ । नेपाली प्रहरीले दिउँसो मात्र नभएर रातीसमेत नागरिकहरुको घर–घरमा गएर पक्राउ गरेर तानाशाही प्रबृद्धि देखाएको छ ।

देशब्यापी सुरु भएको जेनजी आन्दोलनले उग्र रुप लिएको छ । सोमबार भएको जेनजी युवाहरुको हत्योको विरोधमा आज देशब्यापाी आन्दोलन सुरु भएको छ । देशको राजधानी काठमाडौंको कलंकीबाट विरोध प्रदर्शन सुरु भैसकेको छ ।











