बिहानैदेखि संसद भवन क्षेत्र जेनजीहरुले भरिदै, हत्याको बिरोधमा उग्र बन्दै प्रदर्शन
२४ भाद्र २०८२, मंगलवार ०८:४८

काठमाडौं । सरकारले गरेको निर्मम हत्याको विरुद्धमा संसद भव अगाडि बिहानैदेखि हजारौं युवाहरुको भेला भइसकेका छन् ।
शक्ति र सत्ताको आडमा सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गरेर १९ जनाको हत्या गरेको विरोधमा युवाहरु भेला भइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुरले भने बिहान साढे बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिसकेका छन् । उता जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने र निरन्तर रहने भनेर उल्लेख गरेको छ ।
काठमाडौंको कलंकीमा पनि जेनजी युवाहरुले टायर बालेर विरोध प्रदर्शन गरीसकेका छन् । आज देशव्यापी नै विरोध प्रदर्शन गर्ने जेनजीहरुले चेतावनी दिएका छन् ।













