झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२४ भाद्र २०८२, मंगलवार ०९:०६

काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ २० गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो ।
कम्पनीले आम सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको १ सय रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गरेको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।













