कांग्रेसका थप केही मन्त्रीले राजिनामा दिने, जनहत्याको आरोप लागेका ओली एक्लिदै
२४ भाद्र २०८२, मंगलवार ०९:४९

काठमाडौं । सत्ताको लागि निहत्था जनताको हत्या गर्दै अघि बढेको प्रधानमन्त्री ओली थप अप्ठेरोमा पर्ने भएका छन् । नेपाली कांग्रेसका शेखर कोइराला निकटका मन्त्रीहरुले राजिनामा दिने भएसँगै प्रधानमन्त्री ओली अप्ठेरोमा परेका हुन् ।
कांग्रेस स्रोतका अनुसार कोइराला समुहबाट सरकारमा सहभागी मन्त्रीहरुले आजै राजिनामा दिनेछन् । उनीहरुलाई नेता कोइरालाले राजिनामा गर्न निर्देशन दिइसकेको बताइएको छ । जस अनुसार स्वास्थ्य मन्त्री प्रदिप पौडेल, खेलकूद मन्त्री तेजुलाल चौधरी र पर्यटन मन्त्री बद्रि प्रसाद पाण्डेले राजिनामा दिनेछन् ।
हाल चीन भ्रमणमा रहेका कांग्रेस नेता कोइरालाले वर्तमान सरकारको औचित्य सकिएको घोषणा गरिसकेका छन् ।













