कलंकीदेखि बल्खुसम्म टायर बालेर जेनजीहरुको प्रदर्शन
२४ भाद्र २०८२, मंगलवार ०९:५५

काठमाडौं । कर्फ्युको आंशिक प्रभावबीच आज पनि जेनजीले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । कलंकीदेखि बल्खुसम्मका तीन ठाउँमा टायर बालेर प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीले प्रेसलाई समेत रोकेर आफ्नो परिचयपत्र देखाउन आग्रह गरेका छन् । उनीहरूले आफ्ना पीडा मिडियामा समेट्नुपर्ने माग पनि गरेका छन् ।
कलंकी, खसीबजार र बल्खुमा अहिले बाक्लो संख्यामा युवा भेला भएका छन् भने त्यहाँ प्रहरीको उपस्थिति देखिएको छैन।














