आन्दोलनकारीले जलाए सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घर, थप नेताहरु असुरक्षित

२४ भाद्र २०८२, मंगलवार १०:०३

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । सरकारले सोमबार गरेको जेनजीहरुको हत्याको विरोधमा मन्त्री गुरुङको निवासमा प्रदर्शनकारीहरुले आगो लगाएका हुन् ।

प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् ।

आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए । उनीहरुका अनुसार मन्त्री गुरुङले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेर जेनजीहरुलाई सडकमा उत्रिन बाध्य बनाएका थिए ।

स्रोतका अनुसार योसँगै थप केही मन्त्रीहरुको निवास पनि असुरक्षित रहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*