देउवा निवासतर्फ लागे जेन-जी, प्रहरीले बीचमै रोक्यो

काठमाडौं । जेनजी आन्दोलन दोस्रो दिन झन् उग्र बनेको छ । उपत्यकामा प्रदर्शनकारीको भिड निरन्तर बढ्दै जाँदा अवस्था नियन्त्रणबाहिर जान थालेको देखिएको छ ।
प्रदर्शनकारीहरूको एक ठूलो समुह आज कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेको थियो । तर, प्रहरीले उनीहरूलाई कृष्णपाटी चोकमै रोक्ने प्रयास गरेको छ । प्रदर्शनकारीको संख्यामा तीव्र वृद्धि भए पनि प्रहरीको उपस्थिति भने न्यून देखिएको छ, जसले सुरक्षा चुनौती थपिएको जनाइएको छ ।
यस्तै, सञ्चारमन्त्री पीएस गुरुङको सुनाकोठीस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सो क्रममा घरको केही भाग जलेको र ठूलो मात्रामा क्षति पुगेको बताइएको छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा समेत प्रदर्शनकारीले तोडफोड सुरु गरेका छन् ।
सुरक्षाकर्मीहरूले प्रदर्शनलाई नियन्त्रणमा लिन आंशिक बल प्रयोग गरिरहेका छन् । तर, प्रदर्शनकारीको संख्यात्मक दबाबका कारण सुरक्षा निकायलाई कठिनाइ भएको देखिन्छ ।













