प्रधानमन्त्री ओलीको बालकोटस्थित निवास आन्दोलनकारीद्वारा घेराउ

२४ भाद्र २०८२, मंगलवार १०:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित नेपाल आन्दोलनकारीहरुले घेराउ गर्न पुगेका छन् । बालकोटस्थित प्रधानमन्त्री ओलीको निजि घरमा आन्दोलनकारीहरुले घेराउन गर्न पुगेका हुन् ।

हिजो शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निहत्था युवाहरुमाथि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले बर्बर दमन गर्दै दुई दर्जन भन्दा युवाहरुको हत्या गरेको आक्रोसमा प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवास घेराउ गर्न प्रदर्शनकारीहरु पुगेका हुन् ।

पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरमा रहेको घर तोडफोड गरिसकेका छन् । प्रदर्शनकारीहरु नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको बुढानिलकण्ठस्थित निवास घेराउ गर्न सुरु गरेका छन् । त्यस्तै, प्रधानमन्त्री केपी ओलीको घर पनि घेराउमा परेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*