विराटनगरमा कर्फ्यु आदेश

२४ भाद्र २०८२, मंगलवार ११:१३

काठमाडौँ। सोमबार देशभर युवामाथि भएको सरकारी दमनको विरोधमा मंगलबार बिहानैदेखि विभिन्न ठाउँमा प्रदर्शन चर्किएपछि विराटनगरमा कर्फ्यु आदेश जारी गरिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मंगलबार बिहान ११ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी गरेका छन्। प्रशासनका अनुसार प्रदर्शन चर्किएर अप्रिय घटना हुने सम्भावना बढेपछि कर्फ्यु लगाउन बाध्य भएको हो।

पछिल्ला दिनमा विराटनगर महानगरसहित जिल्लाका विभिन्न स्थानमा आ–आफ्ना मागसहित विरोध कार्यक्रम हुँदै आएका थिए। मंगलबार बिहानैदेखि ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर तत्काल कर्फ्यु जारी गर्ने निर्णय गरिएको हो।

कर्फ्यु अवधिमा विराटनगरका संवेदनशील क्षेत्र—प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय तथा निवास, प्रदेश प्रमुखको कार्यालय र निवास, जिल्ला प्रशासन कार्यालय, विराटनगर महानगरपालिका र भन्सार नाकासहितको इन्टिग्रेटेड चेकपोस्ट ९क्ष्ऋए० क्षेत्रलाई विशेष सुरक्षा घेरामा राखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*