शेरबहादुर देउवा घर ‘जेन जी’ को कब्जामा, गरियो तोडफोड

२४ भाद्र २०८२, मंगलवार ११:४३

काठमाडौँ । जेन जी आन्दोलन चर्किँदै जाँदा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन्।

काठमाडौंस्थित उनको घरमा पुगेको भीडले मुख्य गेट फुटाएर भित्र प्रवेश गरी सम्पत्ति तोडफोड गरेको प्रहरीले जनाएको छ। ठूलो संख्यामा रहेका प्रदर्शनकारीले नाराबाजीसँगै निवास परिसरमा तोडफोड गरेका हुन्।

यही क्रममा, काठमाडौंको नैकापस्थित कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन्। अचानक ठूलो संख्यामा आएका प्रदर्शनकारीले घरभित्र प्रवेश गरी आगो लगाएको स्थानीयहरूले बताएका छन्।

आन्दोलनकारीहरू सोमबार १९ जनाको मृत्यु भएको घटनापछि आक्रोशित बनेका हुन्। देशभर फैलिएको जेन जी आन्दोलन राजधानीमै चर्किँदै जाँदा शीर्ष राजनीतिक नेताहरूको निवास पनि आन्दोलनकारीको निशानामा परेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*