हत्याको विरोधमा राष्ट्रपति कार्यालय घेराउ गर्ने अघि बढ्दै युवाहरु

२४ भाद्र २०८२, मंगलवार १२:०२

काठमाडौँ । सोमबार १९ जनाको ज्यान जानेगरी भएको सरकारी दमनको विरोधमा देशभर चर्किएको जेन जी आन्दोलन आज राष्ट्रपति कार्यालयतर्फ मोडिएको छ। हजारौं युवा नाराबाजी गर्दै राष्ट्रपति भवन घेराउन अघि बढिरहेका छन्।

प्रदर्शनकारीहरूले सरकारी दमन, भ्रष्टाचार अन्त्य र जिम्मेवार नेतृत्वको माग गर्दै सडकमा ठूलो संख्यामा भेला भएका छन्। उनीहरूले आन्दोलन शान्तिपूर्ण हुने र अहिंसात्मक तरिकाले आफ्नो आवाज उठाउने घोषणा गरेका छन्।

सुरक्षा निकायले विरोधकारीहरूको आन्दोलनलाई ध्यानमा राख्दै राष्ट्रपति भवन वरिपरि सुरक्षा कडा बनाएको छ। प्रशासनले भीड नियन्त्रणका लागि सुरक्षा बल परिचालन गरिसकेको छ भने थप अप्रिय घटना रोक्न निगरानी बढाइएको छ।

देशभरको विभिन्न सहरबाट राजधानीतर्फ आउने युवा र विद्यार्थीहरू राष्ट्रपति कार्यालय घेराउ गर्न तयारी गरिरहेका छन्। आन्दोलनमा भाग लिएका युवाहरूले सरकारको अहंकार र हिंसात्मक कदमको विरोध स्वरूप आफ्नो उपस्थिती जनाइरहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*