महारागञ्जस्थित प्रहरी चौकीमा आक्रामण भएपछि चार राउड गोलि चल्यो
२४ भाद्र २०८२, मंगलवार १२:३७

काठमाडौँ । राजधानीको महारागञ्जस्थित प्रहरी चौकीमा प्रदर्शनकारीले आक्रमण गरेपछि गोलि चलेखेको छ । विरोध प्रदर्शनमा जेन जीहरूले चौकीमा आक्रमण गरेपछि प्रहरीले चार राउन्ड गोली प्रहार गरेको हो ।
जेन जी आन्दोलन चर्किँदै गएपछि प्रदर्शनकारीहरूले चौकीमा तोडफोड गर्ने प्रयास गरेका थिए। घटनापछि प्रहरीले तत्काल बल प्रयोग गरी स्थिति नियन्त्रणमा ल्याएको छ।
आक्रमणका कारण चौकी वरिपरि तनावपूर्ण वातावरण सिर्जना भएको छ। प्रशासनले थप अप्रिय घटना रोक्न सुरक्षा बल परिचालन बढाएको छ।













