‘जेन जी’ ले लगाए प्रधानमन्त्री ओलीको बालकोट निवासमा आगो
२४ भाद्र २०८२, मंगलवार १२:५५

काठमाडौँ । जेन जी आन्दोलन चर्किँदै जाँदा आज प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगो लगाएका छन्।
सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवा राजधानीका विभिन्न स्थानबाट प्रधानमन्त्री निवासतर्फ अघि बढेका थिए। उनीहरूले नाराबाजीसहित निवास परिसरमा आगो लगाएका छन्।
घटनाको क्रममा सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन प्रयास गरेको भए पनि आगो नियन्त्रणमा आउन केही समय लागेको बताइएको छ। स्थानीयबासिन्दा र सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालित छन्।
प्रदर्शनकारीहरूले आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने दाबी गर्दै आएको भए पनि आजको घटनाले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ।













