पुतलीसडकमा ‘जेन जी’ युवाबीच हात हालहाल
२४ भाद्र २०८२, मंगलवार १३:११

काठमाडौँ । राजधानीको पुतलीसडकमा जेन जी आन्दोलनकारीहरूबीच झगडा भएको छ।
केही युवाहरूले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने प्रयास गर्दा अन्य केही जेन जीले त्यसलाई रोक्न खोजेका थिए। सो क्रममा हात हालहालको अवस्था सिर्जना भएको हो।
घटना विशेष ठूलो फैलिएको भने देखिएको छैन। अहिले घटनास्थल वरिपरि अन्य प्रदर्शनकारीहरूले स्थिति नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।
यसअघि सोमबारको दमनपछि राजधानीमा जेन जी आन्दोलन चर्किएको थियो। आन्दोलनकारीहरू भ्रष्टाचार अन्त्य, जवाफदेहिता सुनिश्चित र सरकारको राजीनामा माग गर्दै सडकमा छन्।













