पुतलीसडकमा प्रहरीको घेरा तोड्दै सिंहदरबारतिर अघि बढे जेन जी

काठमाडौँ । पुतली सडक क्षेत्रमा जेन जी आन्दोलनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै सिंहदरबारतिर तर्फ अघि बढेका छन्।
सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू राजधानीका मुख्य क्षेत्रहरूमा आन्दोलन गरिरहेका छन्। पुतली सडकमा प्रहरीले भीड नियन्त्रण गर्न घेरा तोकेको थियो, तर आन्दोलनकारीहरूले त्यसलाई तोडेर सिंहदरबारतिरतर्फ अघि बढेका हुन्।
प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै भ्रष्टाचार अन्त्य, जवाफदेहिता र राजीनामाको माग गरेका छन्। राजधानीका अन्य क्षेत्रमा पनि विरोध प्रदर्शन चर्किँदै गएको छ।
सुरक्षा निकायले प्रदर्शन नियन्त्रणका लागि थप बल परिचालन गरेको छ भने सडक अवरुद्ध भएको छ। अहिले पनि घटनास्थल वरिपरि तनावपूर्ण अवस्था कायम छ।











