त्रिभुवन विमानस्थल पूर्ण रूपमा बन्द

२४ भाद्र २०८२, मंगलवार १३:२७

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गोठाटार क्षेत्रसहित अन्य स्थानमा निरन्तर आगलागीका घटना भइरहेको र हवाई सुरक्षा प्रतिकुल बनेको अवस्थाका कारण विमानस्थल बन्द गरिएको हो।

विमानस्थलमा रहेका जहाजहरूलाई सुरक्षित रूपमा अवतरण गराएपछि बाँकी सबै उडान रद्द गरिएको छ। बन्द अवस्थाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।

विमानस्थलको सुरक्षा नेपाली सेनाले कडा बनाएको छ भने प्रशासनले थप अप्रिय घटना नहोस् भनेर निगरानी बढाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*