नेपाली सेनाद्वारा सिंहदरबारमा हवाई फायर

२४ भाद्र २०८२, मंगलवार १४:००

काठमाडौँ । सिंहदरबार परिसरमा नेपाली सेनाले आज प्रदर्शनकारी नियन्त्रणका लागि हवाई फायर प्रहार गरेको छ।

सिंहदरबारतर्फ अघि बढिरहेका जेन जी आन्दोलनकारीलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर गरिएको हो।

प्रदर्शनकारीहरूले भ्रष्टाचार अन्त्य, जवाफदेहिता सुनिश्चित र सरकारको राजीनामा माग गर्दै सिंहदरबार परिसरतर्फ अग्रसरता देखाइरहेका थिए। हवाई फायर प्रहार पछि केही समयका लागि भिड नियन्त्रणमा आएको बताइएको छ।

सिंहदरबार वरिपरि तनावपूर्ण वातावरण कायम भएको छ। सुरक्षा निकायले थप अप्रिय घटना नहोस् भनेर निगरानी कडा बनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*