संसद भवनभित्र छिरे जेनजी, सामान तोडफोड गरी फालियो बाहिर
२४ भाद्र २०८२, मंगलवार १४:०९

काठमाडौं । सरकारले सोमबार संसद भवन बाहिर मारेका जेनजी युवाको विरोधमा प्रदर्शनकारीहरुले आज पुनः संसद भवन प्रवेश गरेका छन् ।
जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।

सोमबार पनि संसद भवन प्रवेश गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । ४०० भन्दा बढी घाइते भएका छन् ।
अहिले देशका विभिन्न स्थानहरुमा आन्दोलन भइरहेको छ । लाखौ युवाहरु सडकमा उत्रिएका छन् ।













