राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको सामूहिक राजीनामा
२४ भाद्र २०८२, मंगलवार १४:११

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आज सामूहिक रूपमा राजीनामा दिएका छन्।
आज बसेको संसदीय दलको बैठकले सबै सांसदहरूले राजीनामा दिने निर्णय गरेको हो। राजीनामासँगै पार्टीको संसदमा प्रतिनिधित्वमा ठूलो फेरबदल आउन सक्ने देखिएको छ।
सांसदहरूले सरकारको नीतिहरू र हालको राजनीतिक परिस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै सामूहिक कदम उठाएको बताएका छन्।













