दमनकारी सत्ताका नाईके केपी ओलीको निवास खरानी
२४ भाद्र २०८२, मंगलवार १४:१६

काठमाडौँ । जेन जी आन्दोलन चर्किँदै जाँदा आज आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगो लगाएका छन्।
सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि युवा सडकमा उत्रिएका थिए। आज उनीहरूले नाराबाजी गर्दै प्रधानमन्त्री निवास परिसरमा प्रवेश गरी आगो लगाएको हो।
घटनाले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ। सुरक्षा निकायले आगो नियन्त्रण र प्रदर्शनकारीलाई सुरक्षित रूपमा हटाउने प्रयास गरिरहेको छ।
प्रदर्शनकारीहरूले आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने दाबी गर्दै आएको भए पनि आजको घटना राजधानीमा ठूलो आक्रोशको संकेत बनेको छ। ओलिको घर जलेर खरानी भएको छ ।













