अन्ततः बालुवाटारबाट हेलिकोप्टर चढेर भागे केपी ओली
२४ भाद्र २०८२, मंगलवार १५:०९

काठमाडौं । जनहत्याको आरोप लागेका प्रधानमन्त्री केपी ओली बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टर चढेर अज्ञातस्थलतर्फ भागेका छन् । ओलीले भाग्नुअघि प्रधानमन्त्री पदबाट राजिनामा गरिसकेका छन् ।
प्रधानमन्त्री ओली केहीबेर अघि नेपाली सेनाको हेलिकोप्टर चढेर भागेको बिशेष सूत्रले जनाएको छ । नेपाली सेनाको हेलिकोप्टर बालुवाटारस्थित प्रधानमन्त्री निवासभित्रै अवतरण गराएर त्यहाँ रहेको प्रधानमन्त्री तथा उनकी पत्नी राधिका शाक्य तथा अन्य केही मन्त्रीहरुको साथ भागेको जनाइएको छ ।
उनी चढेको सेनाको हेलिकोप्टर कता गएको हो भन्ने एकिन भइसकेको छैन । आन्दोलनकारीहरुले यसअघि नै प्रम ओलीको बालकोटस्थित निजि घर खरानी बनाइसकेका छन् ।
प्रधानमन्त्री ओली देश छोडेर भागे वा सेनाको कुनै ब्यारेकमा लुक्न लागेका हुन् भन्ने एकिन भइसकेको छैन ।
तस्विर सौजन्य सिधाकुरा













