शेरबहादुर देउवा र आरजु राणालाई राम धुलाई, रगत चुहाउँदै घरबाट गलहत्याइयो

२४ भाद्र २०८२, मंगलवार १५:३१

काठमाडौँ । आज राजधानीमा जारी जेन जी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनका परिवारका सदस्य आरजु राणा घाइते भएका छन्।

प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न स्थानमा आगजनी र तोडफोडका गतिविधि गर्दा देउवा र आरजु राणालाई चोट लागेको हो। घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ।

घटनाले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ। सुरक्षा निकायले थप अप्रिय घटना रोक्न घटनास्थल वरिपरि निगरानी कडा बनाएको छ।

प्रदर्शनकारीहरूले सोमबारको दमनमा १९ जनाको मृत्युको विरोध गर्दै राजधानीका मुख्य क्षेत्रहरूमा आन्दोलन जारी राखेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*