मुख्य सचिव र प्रधानसेनापतिको संयुक्त बक्तव्य, संवादमार्फत नयाँ व्यवस्थामा जाऔं

२४ भाद्र २०८२, मंगलवार १५:३४

काठमाडौं । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजिनामा दिएर बालुावटारबाट भागिसके पछि मुख्य सचिव एक नारायण अर्याल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव तथा अन्य सुरक्षा निकायका प्रमुखले संयुक्त बिज्ञप्तिमार्फत नयाँ राजनीतिक व्यवस्थाका लागि छिटो पहल गर्न अपिल जारी गरेका छन् ।

केहीबेर अघि नेपाली सेनाले सार्वजनिक गरेको बिज्ञप्तिमा मुख्य सचिव एक नारायण अर्याल सहितको अपिल समावेश रहेको छ । नेपाल सेनाका प्रमुखले यसरी राजनीतिक बक्तव्य जारी गरेको सम्भवतः पहिलो पटक हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*