बालेन साह र रवि लामिछानेलाई देश सुम्पने तयारी, को होला प्रधानमन्त्री ?

२४ भाद्र २०८२, मंगलवार १६:०७

काठमाडौं । देशमा पछिल्लो विकसित घट्नाक्रम अनुसार पुराना सत्ताधारी दल र तिनका नेताहरु भागिसकेका छन् । नयाँ परिस्थितिमा सम्हाल्नका लागि बालेन साह र रवि लामिछानेहरुलाई देश सुम्पने तयारी भइरहेको छ ।

प्रशासन, सेना र प्रहरी सबैले अबको सर्वसम्मत नेतृत्व बालेन साहलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने सम्भावना रहेको जनाइएको छ । बालेन साहले नेपाली सेनासँग वार्ता गर्नको लागि राष्ट्रपतिले संसद विघटन गर्नुपर्ने माग अघि सारेका छन् ।

आन्दोलनकारीहरुले नख्खु कारागारमा पुगेर जेलमा रहेका रास्वपाका नेता रवि लामिछानेलाई समेत रिहा गरिसकेकोले अब देशको जिम्मेवारी लामिछाने र बालेन साहलाई जिम्मा लगाउने निश्चित जस्तै देखिएको छ ।

स्रोतका अब जेन जीको तर्फबाट बालेन साहलाई नयाँ प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिने सम्भावना छ । राष्ट्रपतिबाट संसद विघटन लगत्तै सेनासँगको वार्तापछि नयाँ सरकार गठन हुनेछ । नयाँ सरकारको नेतृत्व बालेन साहले सर्वपक्षिय सरकार गठन गरेर अघि बढाउने छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*