राष्ट्रपति भवन शितल निवासमा आगो लगाइयो, राष्ट्रपति पौडेल बेपत्ता

२४ भाद्र २०८२, मंगलवार १६:४२

काठमाडौं । नेपालका राष्ट्रपति भवन शितल निवासमा आन्दोलनकारीहरुले आगो लगाई दिएका छन् । आगो लगाएपछि शितल निवासको राष्ट्रपति भवन दनदनी बलिरहेको छ ।

बीमापोष्टलाई आन्दोलनस्थलबाट प्राप्त जानकारी अनुसार राष्ट्रपति पौडेलको अवस्था अज्ञात रहेको छ । अहिले मुख्य भवनमा आगो लागिरहेको छ । त्यहाँभित्र राष्ट्रपति रामचन्द्र पौडेल रहेको जनाइएको छ । भवनमा लागेको आगो नियन्त्रण भन्दा बाहिर जान लागेको जनाइएको छ ।

राष्ट्रपति भवनमा समेत आगो लगाएपछि अब देशका सबै प्रशासनिक निकाय जनताले आगो लगाएर खरानी बनाएको अवस्था छ । यसअघि सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय समेत जनतो आगो लगाइसकेका छन् ।

राष्ट्रपति भवनमै आगो लगाइसकेको अवस्थामा अब देशको अन्तरिम सरकार कसरी गठन हुन्छ भन्ने अन्योलता उत्पन्न भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*