जेनजीहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काए
२४ भाद्र २०८२, मंगलवार १७:०४

काठमाडौं । जेनजीहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काएका छन् ।
सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका हुन् ।
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।
संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए ।











