नक्सालमा रहेको भाटभटेनीमा ‘जेन-जी’ को आगजनी

२४ भाद्र २०८२, मंगलवार १७:४९

काठमाडौँ । राजधानी नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा मंगलबार दिउँसो जेन जी प्रदर्शनकारीले आगजनी गरेका छन् । आक्रोशित समूहले मिन बहादुर गुरुङद्वारा सञ्चालित उक्त मार्टमा प्रवेश गरी आगो लगाएका हुन् ।

आगलागीका कारण मार्टको तल्लो तर्फको भागमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ ।

स्मरणीय रहोस्, भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङले नेकपा एमालेलाई करिब १० रोपनी जग्गा दान दिएका थिए । यही प्रसंग पनि आन्दोलनकारीबीच विरोधको एउटा कारण बनेको बताइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*