पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा आगजनी

२४ भाद्र २०८२, मंगलवार १८:११

काठमाडौँ । जेनजी आन्दोलन तीव्र बन्दै जाँदा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा पनि आक्रोशित प्रदर्शनकारीले आगजनी गरेका छन् । राजधानीको टोखास्थित उनको निवास अगाडि भेला भएका युवाहरूले नाराबाजी गर्दै घरभित्रै आगो लगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

आगलागीपछि घर वरिपरि धुवाँको मुस्लो देखिएको छ भने सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालित भएका छन् । प्रत्यक्षदर्शीका अनुसार परिवारका सदस्यहरू हारगुहार गर्दै आवश्यक सामान सुरक्षित स्थानमा लैजाने प्रयास गरिरहेका छन् ।

हाल पनि ठूलो संख्यामा प्रदर्शनकारी घर अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । यसले आसपासको वातावरण तनावग्रस्त बनेको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास थाले पनि भीड पन्छिन अझै कठिनाइ भइरहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*