चितवनमा रहेको प्रचण्डको घरमा जेनजीले लगाए आगो
२४ भाद्र २०८२, मंगलवार १८:१३

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को भरतपुर, चितवनमा रहेको घरमा आगलागी भएको छ । चितवनमा रहेका जेनजी युवाहरुले पूर्वप्रधानमन्त्री प्रचण्डको घरमा आगो लगाएका हुन् ।
देशको पछिल्लो अवस्था निकै तनावग्रस्त बन्न पुगेको छ । नेपाली सेनाले सत्ता हातमा लिनुको विकल्प नरहेको जेनजीहरुको धारणा रहेको छ । अहिले रास्वपा सभापति रबि लामिछाने, बालेन साह र नेपाली सेनाबीच अन्तिरिम सरकार गठनको लागि बार्ता समेत चलिरहेको छ ।













