जेनजी विद्रोहबारे राष्ट्रपति पौडेलको आपिल : वार्तामार्फत समाधान खोजौँ
२४ भाद्र २०८२, मंगलवार १८:१६

काठमाडौँ । जारी जेनजी विद्रोहले मुलुक अशान्त बन्दै जाँदा राष्ट्रपति रामचन्द्र पौडेलले संयमता अपनाउँदै वार्तामा आउन आन्दोलनरत युवापुस्तालाई अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकका मागलाई संवादमार्फत समाधान गर्ने परम्परा रहेको उल्लेख गर्दै भनेका छन्, ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु।’
उनले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै नागरिकलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।













