कोटेश्वरमा जेनजी प्रदर्शनकारीको आक्रमण, ३ जना प्रहरीको मृत्यु

२४ भाद्र २०८२, मंगलवार १८:५२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वर प्रहरी प्रभागमा भएको आक्रमणमा ३ जना प्रहरीको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले प्रभागमा आगजनी गरेपछि प्रहरीमाथि हमला गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आक्रमणका क्रममा केही प्रहरीहरूलाई नियन्त्रणमा राखेर सडकमा लगेर आक्रमण गरिएको थियो । घटनामा तीन प्रहरी हताहती भएको सूचना प्राप्त भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*